आफ्नो कार्यकालमा १ लाख विरुवा हुर्काउने वडाध्यक्षको घोषणा
- जेष्ठ २३, २०७९ मा प्रकाशित
झापा / झापाको मेचीनगर-४ का वडाअध्यक्षले आफ्नो कार्यकाल (५ वर्षभित्र) १ लाख विरुवा हुर्काउने लक्ष्य लिएको बताएका छन् ।मेचीनगर नगरपालिका वडा नम्बर ४ ले पाँच वर्षभित्र एक लाख विरुवा हुर्काउने लक्ष्यसहित वृक्षारोपण सुरु गरेको छ ।
आइतबार विश्व वातावरण दिवसको अवसर पारेर सो वडामा २ हजार विभिन्न प्रजातिका विरुवाको वृक्षारोपण गरियो । उक्त अवसरमा वडाध्यक्ष अर्जुनकुमार कार्कीले एक लाख विरुवा हुर्काउने लक्ष्यसहित वृक्षारोपण सुरु गरेको घोषणा गरे ।
कार्यक्रममा बिना कुर्सी बनाइएको मञ्चमा बसेका अतिथिहरुलाई पीराको व्यवस्था गरिएको थियो । कार्यक्रम स्थलमा स्थानीय लोप हुन लागेको ग्रामीण क्षेत्रमा पाइने घरेलु परिकार, परम्परागत भेषाभुषा, मेचीनगरमा पाइने विभिन्न प्रजातिका चरा, हात्तीबाट पीडित जनताको वास्तवीक चित्रण गरिएका तस्वीरहरु, चित्रकला लगायतका स्टलहरु राखिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments