भारतमा तिर्थयात्री बाेकेकाे वस दुर्घटना : २३ जनाकाे मृत्यु
- जेष्ठ २३, २०७९ मा प्रकाशित
एजेन्सी । भारत उत्तराखण्डको उत्तरकाशीमा आइतबार साँझ तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। मध्यप्रदेशबाट ३० तीर्थयात्रीलाई लिएर चारधाम यात्रामा निस्किएको बस उत्तरकाशीमा भीरबाट तल खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। युके ०४ १५४१ नम्बरको बस हरिद्वारबाट उत्तरकाशीतर्फ गइरहेको थियो। उत्तरकाशीका प्रहरी अधिकारी अशोक कुमारलाई उद्धृत गर्दै उक्त पत्रिकाले हालसम्म २३ जनाको शव फेला परेको जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ। भीरमा बस खसेकाले शव संकलन तथा घाइतेको उद्धारमा कठिनाई भएको बताइएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments