६४ वर्षपछि वेल्स विश्वकपमा, युक्रेनको सपना अधुरै
- जेष्ठ २३, २०७९ मा प्रकाशित
इटहरी । वेल्स ६४ वर्षपछि विश्वकपमा पुगेको छ । आत्मघाती गोलको सहायताले युक्रेनलाई पराजित गर्दै वेल्स फिफा विश्वकप कतार २०२२ मा पुगेको हो । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेको वेल्स यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो ।
त्यसयता वेल्स विश्वकपको छनोट हुन सकेको थिएन् । युक्रेनलाई पराजित गर्दै विश्वकप यात्रा तय गरेको वेल्स इंग्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी मा सामेल भएको छ । विश्वकप खेल्ने युकेनकाे सपना भने अधुरै भएकाे छ ।
आइतबार राति भएको खेलमा वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्मोलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बनेको थियो । उनले ३४औं मिनेटमा वेल्सका खेलाडी ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आत्मघाती गोल गरेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
Comments