
खोटाङका १० स्थानिय तहलाइ तीन अर्ब ६२ करोड बजेट
- जेष्ठ २२, २०७९ मा प्रकाशित
खाेटाङ । नेपाल सरकारले आर्थिक वर्ष २०७९र८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।
जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरलाई रु ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकालाई रु २४ करोड २४ लाख बजेट छुट्याइएको हो । हलेसी तुवाचुङ नगरलाई रु ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकालाई रु ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकालाई रु २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकालाई रु ४३ करोड एक लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै जन्तेढुङ्गा गाउँपालिकालाई रु २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई रु ३७ करोड ९२ लाख, साकेला गाउँपालिकालाई रु २५ करोड ६० लाख र रावाबँेसी गाउँपालिकालाई रु २८ करोड ७३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि रु तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि रु छ लाख मात्र बजेट बढेर आएको छ । जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य साना÷ठूला दर्जनौँ नयाँ योजनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने रावाबेँसी गाउँपालिका–२ लामीडाँडास्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि यस वर्ष रु ९४ करोड बजेट विनियोजन भएको छ ।
मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गलाई यस वर्षको बजेटमा समावेश गरेको पाइएको छ । यस्तै दिक्तेल बजार भएर भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग तथा दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका जिल्ला जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग कालोपत्रको काम भइरहेको छ ।
सङ्घीय सरकारअन्तर्गत विभिन्न मन्त्रालयबाट बजेट विनियोजन भएर जिल्लामा सञ्चालित क्रमागत योजनालाई भने यस वर्ष पनि निरन्तरता दिएको पाइएको छ । जिल्लामा सञ्चालित सडक, सडक पुल, खानेपानी, भवन निर्माण जस्ता साना(ठूला योजनालाई सरकारले यस वर्ष पनि निरन्तरता दिएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments