•  ९ चैत्र २०८१
  •  10:17:30 PM

इटहरीले पायाे सुनसरीभरीकै सबैभन्दा बढी बजेट : ५ अर्ब ९२ करोड ८७ लाख मध्ये ९५ कराेड २३ लाख इटहरीलाई

- जेष्ठ २०, २०७९ मा प्रकाशित



इटहरी ।  आर्थिक वर्ष ७९।८० कालागि बिनियाेजित बजेट मध्ये सुनसरीकाे १२ वटा स्थानिय तहहरूमा कुल ५ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बिनियाेजित भएकाे छ । जसमा सबैभन्दा बढि इटहरी उपमहानगरलाइ परेकाे छ ।  इटहरी उपमहानगरले ९५ करोड २३ लाख रुपैँया बजेट पाएको हाे  ।

गत १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा सो रकम विनियोजन गरेका हुन् ।

जसमा सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट इटहरी उप–महानगर पालिकालाई विनियोजन भएको छ भने सबैभन्दा कम भने गढी गाउँपालिकाले २९ करोड ५७ लाख मात्र बजेट पाएको छ । २ वटा उपमहानगरमा इटहरी उपमहानगरपालिकाले बढि बजेट हात पारेको छ भने धरान उपमहानगर पालिकाले कम बजेट हात पारेको छ । धरान उपमहानगरले ८३ करोड ४ लाख बजेट पाएको छ ।

यसैगरी नगरपालिका तर्फ सबैभन्दा बढी बजेट बराहक्षेत्र नगरपालिकाले हात पारेका छन् भने सबैभन्दा कम बजेट रामधुनी नगरपालिकाले पाएको हो । यस्तै, गाउँपालिका तर्फ सबैभन्दा बढी बजेट कोशी गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट गढी गाउँपालिकाले पाएको छ ।

Comments

सम्बन्धित खवर