
गोलबजार नगरपालिकाले दलित समुदायमा ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च दिने
- जेष्ठ १५, २०७९ मा प्रकाशित
सिरहा / सिरहाको गोलबजार नगरपालिकाका नव निर्वाचित मेयर श्याम कुमार श्रेष्ठले दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च तथा फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन्।
मेयर श्रेष्ठले आज शुक्रवार पदभार ग्रहण गर्दै नगर क्षेत्रमा रहेका फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशुल्क गर्ने निर्णय गरेका हुन्।
नगर क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउन बोरिङ जडान गर्ने निर्णय गरेको छ। उत्तरी क्षेत्र र नगर क्षेत्रका मुख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न बोरिङ जडान गर्ने जनाए। एक समारोहबीच मेयर श्रेष्ठले निर्वाचित उपमेयर, वडा अध्यक्षहरू तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठले अबका जनप्रतिनिधिहरूले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने बताए।
यस अघि निर्वाचित जन प्रतिनिधिहरूको काँधमा ऐन कानुन बनाउने, कार्यालय भवनहरू बनाउने लगायतका जिम्मेवारीहरू समेत रहेको बताउँदै अबका जनप्रतिनिधिले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने औँल्याए।
पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवले विकास निर्माणसँगै स्थानीय सरकारले पारदर्शिता र सुशासन कायम गर्नु पर्ने बताए। प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेको बताउँदै जनभावना अनुसार काम गरे पुनः अनुमोदन हुने बताए । उद्योग वाणिज्य संघ गोल बजारका अध्यक्ष भरत अग्रवालले स्थानीय सरकारले विकास निर्माणसँगै सुशासन, पारदर्शितामा जोड दिनुपर्ने बताए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments