•  ९ मंसिर २०८१, आईतवार
  •  2:34:33 PM

अमेरिकामा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

- जेष्ठ ११, २०७९ मा प्रकाशित



न्युयोर्क: अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् । 

आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन । -एजेन्सी

Comments

सम्बन्धित खवर