
निर्देशक राम गोपाल बर्माविरुद्ध उजुरी
- जेष्ठ ११, २०७९ मा प्रकाशित
मुम्बई: बलिउडका प्रख्यात निर्देशक राम गोपाल बर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक प्रोडक्सन हाउसका मालिकबाट ५६ लाख रुपैंयाँ ऋण लिएका बर्माले उक्त पैसा नतिरेपछि हाउसका मालिक प्रहरीको शरणमा पुगेका हुन् ।
प्रहरीका अनुसार उजुरीपछि बर्माविरुद्ध मियापुर पुलिस स्टेसनमा सम्बन्धि आईपीसीको धाराअनुसार उजुरी दर्ता गरिएको छ । उजुरीकर्ताले बर्माले सन् २०२० मा एक तेलुगू फिल्म ‘दिशा’को निर्माणका लागि आफूबाट ऋण लिएको निवेदनमा उल्लेख गरेका छन् । उनका अनुसार सन् २०१९ मा एक साथीका माध्यमबाट उनले राम गोपाल बर्मालाई भेटेका थिए ।
उजुरीकर्ताको निवेदनमा सन् २०२० जनवरीमा बर्माले फिल्म निर्माणका लागि उनीबाट ८ लाख रुपैंयाँ लिएको उल्लेख छ । त्यसपछि पुनः २० लाख रुपैंयाँ ऋण दिन अनुरोध गरेपछि सन् २०२० को जनवरी २२ मा चेकबाट पैसा दिएका थिए । त्यो समयमा बर्माले ६ महिनाभित्र ऋण चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए । यसपछि पनि सन् २०२० फेब्रुअरीमा बर्माले फिल्म निर्माणमा अझ पैसा आवश्यकता परेको भन्दै थप २८ लाख रुपैंयाँ ऋण मागेका थिए ।
उजुरीकर्ताले आफूले निर्देशकमाथि विश्वास गर्दै थप २८ लाख रुपैंयाँ उनको खातामा पठाएको जनाएका छन् । त्यो समयमा बर्माले फिल्म ‘दिशा’ रिलिज पछि उनको ५६ लाख रुपैंयाँ फिर्ता दिने प्रतिबद्धता जनाएका थिए ।
तर, उजुरीकर्ताले सन् २०२१ को जनवरीमा बर्मा फिल्म ‘दिशा’को निर्माता नभएका ेथाहा पाएपछि बर्माले आफूमाथि झुठो बोलेको थाहा पाएका थिए । राम गोपालले बलिउडमा ‘शिवा’, ‘रंगीला’, ‘कम्पनी’, र ‘सरकार’ जस्ता फिल्म दिइसकेका छन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments