काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १९ सय १६ सवारी चालकमाथि कारवाही
- जेष्ठ ११, २०७९ मा प्रकाशित
काठमाडौं: ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारवाही गरेको छ ।
मंगलबार काठमाडौंं उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६१ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने २३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारवाहीमा परेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments