ग्यासको मूल्यवृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि सिलिन्डरसहित धर्ना
- जेष्ठ १०, २०७९ मा प्रकाशित
इटहरी: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि खाना पकाउने ग्यास महङ्गो भएकाले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उपभोक्ता अधिकारवादीहरुले १ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन् ।
धर्नामा सहभागी विभिन्न उपभोक्ता अधिकारवादी सँस्थाका प्रतिनिधिहरुले ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका हुन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्नु परेको बताए ।
उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रहसमेत गरे । मूल्यवृद्धिको निर्णय संघीय सरकारले गरेको भएपनि प्रदेशवासी नागरिकका समस्यामाथि प्रदेश सरकारलाई जवाफदेही बनाउन मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइएको अधिकारवादीहरुको भनाइ छ । नागकि समाज तथा राजनीतिक दलका प्रतिनिधिले समेत धर्नामा ऐक्यबद्धता जनाएका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments