गढी गाउँपालिकामा एमालेका चौधरी बने अध्यक्ष
- जेष्ठ ५, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता साह निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका महेश दत्तलाई तीन हजार पाँच सय ५१ मतले पराजित गर्दै आश नारायण चौधरी विजयी भएका हुन् । चौधरीले आठ हजार नौ सय एक मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी दत्तले पाँच हजार तीन सय ५० मत ल्याए । उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले सात हजार आठ सय १५ मत प्राप्त गरिन् ।
कांग्रेसकी राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गरिन् ।गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जितेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments