•  १० मंसिर २०८१, सोमबार
  •  2:20:53 AM

बराहक्षेत्रको मेयरमा कांग्रेसी उम्मेदवार कार्कीको पल्ला भारी

- जेष्ठ ४, २०७९ मा प्रकाशित



इटहरी: सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार रमेश कार्की अग्रस्थानमा रहेका छन् । हालसम्म १२ हजार दुई सय ७९ मत गणना हुँदा कांग्रेसका प्रत्यासी कार्कीले चार हजार नौ सय ५८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निलम खनाल तीन हजार आठ सय १६ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् । बराहक्षेत्रमा कुल ४३ हजार ५७ मत खसेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर