
पेट्रोल खपत गर्ने अन्तिम दिन आएको श्रीलङ्काली प्रधानमन्त्रीको भनाइ
- जेष्ठ ४, २०७९ मा प्रकाशित
कोलम्बो: सत्तरी वर्ष भन्दा लामो अवधिमा अत्यन्तै नाजुक आर्थिक संकटको समाना गरिरहेको श्रीलंकाका नयाँ प्रधानमन्त्रीले मुलुकले पेट्रोल खपत गर्नसक्ने अन्तिम दिनमा आएको बताएका छन् ।
टेलिभिजन सम्बोधनमा रनिल विक्रमसिंघेले अत्यावश्यक सामानहरू आयातका लागि मुलुकलाई केही दिनभित्रै सात करोड पचास लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।
साथै उनले सरकारी कर्मचारीहरूलाई तलब दिन केन्द्रीय बैंकले पैसा छाप्नुपर्ने तथा हाल सरकारी स्वामित्वमा रहेको श्रीलंकन एयरलायन्सलाई निजीकरण गर्न सकिने पनि जानकारी दिएका छन् ।
टापु राष्ट्र श्रीलंकाको अर्थतन्त्र कोभिड महामारी, बढ्दो ऊर्जाको मूल्य र पपुलिस्ट कर कटौतीका कारण ठुलो मारमा परेको हो । विदेशी मुद्राको अभाव तथा बढ्दै गएको मुद्रा अवमूल्यनका कारण श्रीलंकामा औषधि, इन्धन तथा अन्य अत्यावश्यक वस्तुहरूको गम्भीर अभाव भइरहेको छ ।
राजधानी निवासी रभिन्दु पेरेराले आफू र आफ्नो परिवारले सोमबार बिहान हुनु अघिदेखि नै इन्धनको खोजी गरिरहेको बताउँछन् । उनी भन्छन्, “हामी थुप्रै इन्धन स्टेसनमा गयौँ । उनीहरूमध्ये अधिकांश बन्द थिए । करिब साढे पाँच बजेतिर हामीले प्राय: सरकारी सवारी साधनहरूलाई इन्धन दिने गरेका टाउनहल स्टेसनमा लाइनमा बस्ने मौका पायौँ । सुरुमा थोरै भिड थियो । हेर्दाहेर्दै लाइन करिब दुई किलोमिटर लामो भयो । भााग्यले करिब नौ बजे हामीले इन्धन पायौँ । पेट्रोल पाउन गाह्रो भएकाले अहिले मैले घरबाट काम गरिरहेको छु । तेल कहिले पाउने भन्ने कुनै ठेगान छैन ।“
कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको साधन अटोरिक्सा र अन्य सवारी साधनहरू पनि पेट्रोल पम्पमा लामो लाइनमा बसेका देखिन्छन् ।
विक्रमसिंघेले भनेका छन्, “अहिलेको अवस्थामा हामीसँग एक दिनका लागि मात्र पेट्रोल छ । आगामी केही महिना हाम्रो दिनचर्या अत्यन्तै कठिन हुनसक्छ । यद्यपि केही दिनपछि भारतबाट क्रेडिट लाइनबाट प्राप्त हुने केही पेट्रोल र डिजेलको आपूर्ति हुनेछन् ।“ -बीबीसीबाट

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments