•  १० मंसिर २०८१, सोमबार
  •  2:36:41 AM

भोजपुरको भोजपुर नगरपालिकामा एमाले र कांग्रेसको साझा जित

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरीः भोजपुरको भोजपुर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका छन् ।

मेयरमा नेपाली कांग्रेसका कैलाशकुमार आले ५६१५ मत प्राप्त गरी विजयी हुँदा उपमेयरमा नेकपा एमालेकी निर्मला शेर्पा ५५०० मतसहित निर्वाचित भएकी छन् ।

मेयर आलेका प्रतिद्वन्द्वी एमालेका भरतकुमार तामाङले ५१०० मत पाएका छन् भने उपमेयर शेर्पाकी प्रतिद्वन्द्वी कांग्रेसकी ममिता राईले ५१३३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर