माओवादीलाई दिएको मत कांग्रेसको मान्नुपर्ने भनेपछि सुनसरीको बराहक्षेत्रमा मतगणना स्थगित
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना स्थगित भएको छ ।
वडा नम्बर १ मा उम्मेदवारी नै नदिएको नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिन्हमा पनि मतदाताले मतदान गरेको पाइएपछि सो मत गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवारलाई दिएसरह मान्नुपर्ने माग गठबन्धन समर्थकले गरेपछि विवाद भई गणना स्थगित भएको हो ।
बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२, स्वतन्त्र रामबहादुर विष्टले ११५ मत ल्याएका छन् । उपमेयरमा एमालेका नन्दकुमारी सुनुवारले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् । विवादमा उत्रिएका पक्षहरुबीच छलफल गराइ मतगणना सुचारु गराउने प्रयत्न भइरहेको निर्वाचन कार्यालय बराहक्षेत्रले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments