
धरान ३ को निर्वाचन गठबन्धनको पोल्टामा
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनले सबै पदमा जित निकालेको छ ।
वडाध्यक्षमा विद्यासुन्दर शाक्यलाई उठाएको गठबन्धनले महिला सदस्यमा उषा सुब्बा, दलित महिला सदस्यमा शोभा विक, खुला सदस्य एकल चिन्हमा मनिष खड्गी र खुला सदस्य युगल चिन्हमा मिङ्मा भोटलाई उम्मेदवार बनाएकोमा सबै उम्मेदवार विजयी भएका छन् ।
शाक्यले १ हजार ८० मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका प्रत्यासी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए ।
यस्तै, महिला सदस्यमा उषा सुब्बाले १ हजार ४२, दलित महिला सदस्यमा शोभा विकले १ हजार ८३, खुल्ला सदस्य एकल चिह्नमा मनिष खड्गीले ११ सय ६ र दोहोरो चिह्नका मिङ्मा भोटले ९९९ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
३ नम्बर वडामा कुल तीन हजार एक सय २१ मतदाता रहेकोमा शुक्रबार सम्पन्न निर्वाचनमा एक हजार नौ सय ८७ मत खसेको थियो । हाल वडा नम्बर १, ४ र ५ को मतगणना जारी रहेको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments