
पैसा बाँडेको आरोप लागेका उम्मेदवार तत्कालका लागि रिहा
- बैशाख ३०, २०७९ मा प्रकाशित
इटहरीः मतदातालाई पैसा बाँडेको आरोपमा पक्राउ परेका सिरहाको ओरही गाउँपालिकाका अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवलाई प्रहरीले तत्कालका लागि छाडेको छ ।
यादवलाई भोलि हाजिर हुने सर्तमा आज निर्वाचन प्रयोजनका लागि छोडिएको प्रहरीले जनाएको छ ।
उजुरी आएपछि उनीउपर थप कारबाही प्रक्रिया अघि बढाइनेछ ।
मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।
औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अध्यक्षका उम्मेदवार यादवलाई कांग्रेस र जसपाका कार्यकर्ताले घेराउ गरेका थिए । त्यसै क्रममा दुईतर्फी झडप हुँदा रड प्रहारबाट माओवादी कार्यकर्ता घाइते भएको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
कुटाकुट भएपछि उम्मेदवार यादवसहित थप दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
झडपमा परी घाइते हुनेको नाम भने खुल्न सकेको छैन । ती युवकको टाउको फुटेपछि सिरहाकै अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments