•  ९ मंसिर २०८१, आईतवार
  •  2:27:13 PM

युक्रेनसँगको युद्ध लम्ब्याउने सोचमा पुटिन

- बैशाख २८, २०७९ मा प्रकाशित



वासिंगटनः अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक एभ्रिल हाइनेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो समयको युद्धका लागि तयारी गरिरहेको जानकारी दिएकी छन् । अमेरिकाले युक्रेनको पूर्वी क्षेत्र दोन्वासमा विजय हासिल गर्दैमा रुसी आक्रमण नरोकिने अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी सिनेटमा सनुवाईको क्रममा हाइनेसले आगामी केही महिना रुसी गतिविधि तिव्र र थप अनिश्चित हुने बताएकी छन् । “अहिलेको अवस्था हेर्दा राष्ट्रपति पुटिनले आक्रमण थप शसक्त पार्ने सम्भावना देखिन्छ । रुसले टुक्रिएको मोल्डोभन भू–भाग ट्रान्सिनिस्ट्रया जोड्ने भौगोलिक साँघु खोज्न सक्छ । पुटिनले रुसमा सैनिक कानुन पनि लागु गर्न सक्छन्,” हाइनेसले भनेकी छन्, “उनी केही समयपछि अमेरिका र युक्रेनको युरोपेली गठबन्धनको स्थिति कमजोर हुने सोचाईमा छन् । यदि पुटिनले रुसको अस्तित्वमा नै खतरा आएको महशुस गरेको स्थितिमा मात्र क्रेमलिनले आणविक हतियार प्रयोग गर्ने अधिकार प्रदान गर्नेछ ।” -बीबीसी

Comments

सम्बन्धित खवर