•  ९ मंसिर २०८१, आईतवार
  •  3:32:34 PM

संयुक्त राष्ट्रसंघको विशेषसभामा रुस सहभागी नहुने

- बैशाख २८, २०७९ मा प्रकाशित



मस्कोः रुसले संयुक्त राष्ट्रसंघको विशेषसभामा भाग नलिने भएको छ । रुसी विदेश मन्त्रालयका महिला प्रवक्ता मारिया जाखारोभाले रुसले युक्रनी युद्धका विषयमा बिहीबार बस्ने संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको विशेष बैठकमा सहभागिता नजनाउने जानकारी दिएकी छन् ।

सोमबार परिषदले रुसी आक्रमणका सिलसिलामा युक्रेनमा मानव अधिकारको परिस्थिति ओइलाउँदै गरेको सम्बन्धमा परीक्षण गर्न किभले विशेष बैठक डाक्न अनुरोध गरेको जनाएको थियो । मारियाले असारधारण बैठकको भेषमा हुनलागेको यस नयाँ राजनीतिक प्रदर्शनीमा उपस्थित भएर रुसी प्रतिनिधि मन्डलले यसलाई वैधानिकता प्रदान नगर्ने बताएकी छन् ।

मारियाले भनेकी छन्, “यस विशेष सैनिक कारबाहीको सही उद्देश्यहरू र वास्तविक परिस्थितिबारेका रुसी बयान र गुनासो पूर्णत वेवास्ता गरिएको छ । यसबारे यसपटकको रुसविरुद्धको पश्चिमी जगतको यस नयाँ कदमको दौरान पनि कुनै सुनुवाई नहुने निश्चित छ ।” -बीबीसी

Comments

सम्बन्धित खवर