सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ६३ डलर आसपासमा कारोबार भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments