
एमालेलाई जिताउन धरानका मजदुर संगठन सक्रिय
- बैशाख २७, २०७९ मा प्रकाशित
धरानः धरानमा सूर्य ध्वजवहाक उम्मेद्वारहरुलाई जिताउन मजदुर संगठनहरुले अभियान चलाएका छन् । मजदुर, गरिव, भूमीहिनहरुको साझा पार्टी नेकपा एमाले भएको भन्दैं मेयरकी उम्मेद्वार मञ्जु भण्डारी, उपमेयरका उम्मेद्वार पदम लिम्बु र २० वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई जिताउन अभियान चलाएका हुन् ।
अभियानमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, क्युपेकका केन्द्रीय उपमहासचिव मुक्तिनाथ गिरी, सफाई तथा कर्मचारी मजदुर युनियनकी केन्द्रीय उपाध्यक्ष यमकला मग्राती, अटो मेकानिक मजदुर संगठनका केन्द्रीय सदस्य सुनिल तोलाङ्गे, नेपाल यातायात स्वातन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, प्रदेश कमिटी उपाध्यक्ष रविन अधिकारीलगायत केन्द्रीय दर्जन नेताहरु स्थानीय तह निर्वाचनमा एमालेका उम्मेद्वारलाई जिताउन धरान क्षेत्रमा खटिएका छन् ।
नेकपा एमालेले महिला आदिवासी जनजाती तथा उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरुलाई उम्मेद्वार बनाएकाले मजदुरको समग्र हितका लागि आशलाग्दा उम्मेद्वारहरुलाई जिताउन अभियान नै चलाएको नेपाल यातायात स्वातन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
झण्डै १० हजार श्रमिक मत भएको धरानमा सबै मत एमालेमा आउने गरि अभियान चलाएको उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments