
इटहरी २० बाट भ्रष्टाचार हटाउने राप्रपा उम्मेदवार दीपबहादुर पुरीको प्रतिबद्धता
- बैशाख २६, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीले भ्रष्टाचारमुक्त वडा निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
वडाको सामाजिक, आर्थिक, भौतिक लगायत सम्पूर्ण स्थिति देखिनेगरी डिजिटल प्रोफाइल बनाउने, वडाबासीको विकास प्रक्रियामा संलग्न हुन पाउने हक, र सूचनाको हकमा सम्मान, दलीय विभेद नगरी जनताको सेवा जस्ता कुरालाई आफ्नो संकल्प पत्रमा उल्लेख गरेका पुरीले अहिले राष्ट्रको मुद्वा कमजोर भएको बताए ।
उनले अहिले यस क्षेत्रका खोलानाला अव्यवस्थित रहेका कारण त्यसलाई निरुपण गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
अहिले घरदैलो अभियानमा जनताले आफूलाई लोकप्रिय रूपमा चिन्दै आएको र मत हाल्ने विश्वास दिलाउँदै आएकाले चुनाव जित्ने उनको विश्वास छ ।
उनले संकल्पपत्रमा उल्लेख गरेअनुसार वडाबाट भएगरेका सबै कामको सूचनापाटीमा टाँस गरिनेछ । यस्तै, स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगायतका कुरामा पनि आफूले महत्पपूर्ण काम गर्ने उनले सुनाए ।
पुरीको प्यानलमा खुल्ला सदस्यमा नवराज कार्की, शरणबहादुर तामाङ, महिला सदस्यमा मनु पुरी र दलित महिला सदस्यमा कविता पाँंचकोटी चुनावी मैदानमा छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments