
भ्रष्टाचार नगर्ने र हुन नदिने हरिनगरका एमाले उम्मेदवार अन्सारीको वाचा
- बैशाख २५, २०७९ मा प्रकाशित
सुनसरीः स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । यस बिचमा विभिन्न पार्टीका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रतिबद्धता मात्रै हैन बोलेको बचन पुरा गर्ने अठोट समेत गरिरहेका छन् ।
यस मध्येका एक हुन् । नेकपा एमाले हरिनगर गाउँपालिकाका उम्मेदवार लस्करी अन्सारी । सुनसरी जिल्लाको दक्षिणी भेगमा पर्ने हरिनगर गाउँपालिकामा यस अघि नेपाली काङ्ग्रेसले नेतृत्व सम्हाल्दै आएको छ । तर यो पटक भने एमालेको पक्षमा जनता रहेकाले आफ्नो जित पक्का रहेको अन्सारीको दाबी रहेको छ । पार्टीमा लामो समय देखि सक्रिय अन्सारी सामाजिक सेवामा समेत उत्तिकै सामाजिक अभियन्ता हुन् । गाउँका साना देखि ठुला समस्यामा पुगिहाल्ने स्वभावका कारण पनि उनी गाउँमा लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
चुनावमा ठुला सपना बाढ्ने भन्दा अहिलेको सरकारले गर्न नसकेको काम गर्ने र जनताको समस्यामा समाधान गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ । यस अघिको स्थानीय तहको निर्वाचनमा थोरै मतान्तरले हार बेहोरेका अन्सारी यो पटक जनताले साथ दिएको भन्दै गाउँपालिका प्रमुख हुने बताए । उनले शिक्षामा हरेका नागरिकको समान पहुँच, सुनसरी खोलाबाट गाउँपालिका बासीलाई डुबान समाधान गर्ने, भ्रष्टाचार रहित गाउँपालिका बनाउने जस्ता मुख्य मुद्दालाई आफ्नो जित्ने आधार बनाएका छन् ।
अहिलेको नेतृत्वले जनताको सेवा गर्नु भन्दा पनि कसरी सास्ती दिई रहेको आरोप लगाए । उनले पैसा नदिई काम नगर्ने प्रवृत्ति बढ्दै गएकाले आफू गाउँपालिका प्रमुख भए यो प्रवृत्तिको अन्त्य गर्ने घोषणा गरेका छन् । साथै उनले गाउँपालिकामा ८० प्रतिशत जनता आफ्नो पक्षमा रहेको समेत दाबी गरेका छन् । उनले सूर्य चिन्हमा मतदान गरी हरिनगर गाउँपालिकामा एमालेलाई जिताउन मतदातामा आग्रह गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments