
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- बैशाख २५, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको कोसी गाउँपालिका–३ मा बसको ठक्करबाट शनिबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ६८४० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को ५ प ४००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राति १०ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा पहिचान नखुलेका मोटरसाइकल चालक अन्दाजी २०÷२२ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । दुर्घटनापछि बसका चालक फरार बनेका छन् ।
फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments