•  १० मंसिर २०८१, सोमबार
  •  5:05:19 PM

दलित महिला वडा सदस्यको मृत्यु

- बैशाख २४, २०७९ मा प्रकाशित



खोटाङः खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।

रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पु¥याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए ।

२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिईन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।

Comments

सम्बन्धित खवर