
धरानमा लोकतान्त्रिक वाम गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक
- बैशाख २४, २०७९ मा प्रकाशित
धरानः धरान उपमहानगरमा लोकतान्त्रिक वाम गठन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउनेसम्मका योजना समेटेर आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
गठबन्धनको तर्फबाट शनिवार धरानमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो ।
वैसाख ३० को आसन्न स्थानीय निर्वाचन अन्र्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवं पर्यटकीय गन्तव्य स्थल बनाउने लगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।
सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दीर्घकालीन योजनाहरु, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरुलाई समेटेको छ । यस्तै धरानलाई स्वास्थ्यको हब बनाउदै प्रतिष्ठाको सुधारका लागि पहल कदमी अगाडि सार्ने, धरानका दीर्घरोगीहरुका लागि निशुल्क ःऔषधी उपचारका प्रदान गर्ने, धरानलाई पर्यटकीय हव बनाउने, धरान तथा धरान आसपासकामा रहेका क्षेत्रर्संग लिंक रोड निर्माण गर्ने, कुरालाई समेत समेटिएको छ ।
घोषणापत्र सार्वजनिक पछि गठबन्धनबाट कांग्रेसकाका तर्फबाट मेयर प्रत्यासी बनेका किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताउदै यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाए । उनले भने–‘समुन्नत धरान बनाउनका लागि सबैसंग सहकार्य, छफलल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौं, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र प ारदर्शी बनाउन अगाडि बढ्ने छौं ।’
यस्तै गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संंयोजक सुजेन्द्र तामाङले निर्वाचन नजिकिदै गएको अवस्थामा यसपटक आफूहरुले ढिलो प्रतिबद्धतापत्र सार्वजनिक गरेको बताए । उहाले यसपटक घरदैलो कार्यक्रमको दौरानमा सर्वसाधारणको समस्या, राय र सुझाव सुनेर प्रतिबद्धता तयार गरिएकोेले यो प्रभावकारी हुने बताए ।
उनले भने–‘विगतमा हामीले अगाडि नै प्रतिबद्धतापत्र सार्वजनिक गरेका थियौ, तर यसपटक हामीले जनताको राय, सुझाव, समस्यालाई बुझेर प्रतिबद्धता तयार गरेका छौं, यो प्रतिबबद्धतापत्र भन्दा पनि जनताको समस्या समेटिको प्रद्धिबद्धता हो, गठबन्धनलाई यो कार्यान्वयन गर्न पनि सहज हुनेछ ।’
प्रतिबद्धता निर्माण समितिका संयोजक केशव घिमिरेद्वारा प्रतिबद्धतापत्र कार्यक्रममा जसपा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments