
सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
- बैशाख २३, २०७९ मा प्रकाशित
काठमाडौं: प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।
तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को आज निरीक्षण भ्रमणका क्रममा उनले उक्त निर्देशन दिएका हुन्।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तर्क्रिया समेत गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जनाएको छ।
निर्देशनालयका अनुसार उनले आजै रूपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गरेका थिए।
यस्तै, प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गरेको निर्देशनालयले जनाएको छ।
भ्रमणका क्रममा उनले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिएका थिए। -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments