बेलबारीमा प्रतिबद्धतापत्र लिएर एमाले पुग्यो मतदाताको घरदैलोमा
- बैशाख २२, २०७९ मा प्रकाशित
इटहरीः नेकपा (एमाले) बेलाबारीले स्थानीय तह निर्वाचनमा आफू विजयी भए नगरका लागि गर्ने कामहरु समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बेलबारी नगरपालिकाको प्रमुख पदका उमेदवार डिबी राईले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । आफूलाई विजयी गराए नगरलाई समृद्ध बनाउने उनको भनाइ छ ।
उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा बेलबारीलाई सफा, सुन्दर र हरियाली नगर बनाउने उल्लेख छ । नीति, कानुन र योजना कार्यान्वयन आफ्नो प्राथमिकतामा पर्ने उनले बताएका छन् ।
शिक्षा, स्वास्थ्य, सडक यातायात, ढल निकास, कृषिको विकास, वन तथा वातावरण संरक्षण, सामाजिक सुरक्षालगायत आधारभूत पूर्वाधारको विकासमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता पनि राईले व्यक्त गरेका छन् ।
पर्यटन नगरीका रूपमा बेलबारीको विकास गरिने उनको प्रतिबद्धता छ । बहुसांस्कृतिक संग्रहालय निर्माण गरिनेलगायत विषयले पनि प्रतिबद्धतापत्रमा स्थान पाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments