
बलात्कारको उजुरी गर्न गएकी बालिका प्रहरीबाटै बलात्कृत !
- बैशाख २२, २०७९ मा प्रकाशित
बलात्कारको उजुरी गर्न गएकी बालिका प्रहरीबाटै बलात्कृत !महिला तथा बालिकामाथि हुने यौन हिंसा विरुद्ध भारतीय सहरहरूमा विरोध प्रदर्शन भएका छन् ।
नयाँ दिल्ली । एक १३ वर्षीया नाबालिकाले आफूमाथि बलात्कार गरेको अभियोग लगाएपछि उत्तरी भारतीय राज्य उत्तर प्रदेशका एकजना प्रहरी फरार भएका छन् ।
आफूमाथि सामूहिक बलात्कार भएको उजुरी गर्न गएकी बालिकामाथि ती प्रहरीले उल्टै बलात्कार गरेको बताइएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले नाम नखुलाइएका ती प्रहरीलाई जागिरबाट निलम्बन गरेर आपराधिक मुद्दा दायर गरिएको बताएका छन् ।
ती किशोरीले गत महिना आफूमाथि चारजना पुरुषले सामूहिक बलात्कार गरेको बताएकी छन् ।
यस घटनालाई लिएर भारतमा थुप्रै मानिसले सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका छन् ।
पीडित बालिकाका पिताले प्रहरीमा दर्ता गराएको उजुरीमा उल्लेख गरिएको छ, “चारजना पुरुषले मेरी छोरीलाई छिमेकी राज्य मध्य प्रदेशमा लगेर चार दिनसम्म यौन उत्पीडन गरेका थिए । उत्तर प्रदेशको ललितपुर जिल्लामा रहेको गाउँमा छाडेर उनीहरू भागेका थिए ।”
एनडीटीभी च्यानलका अनुसार भोलिपल्ट उनी आफ्नी काकीसँग स्थानीय प्रहरी चौकीमा उजुरी गर्न गएकी थिइन् ।
कंग्रेसकी वरिष्ठ नेता प्रियंका गान्धी भद्राले हिन्दी भाषामा ट्विट गर्दै प्रश्न गरेकी छन्, “महिलाका लागि प्रहरी चौकीहरू नै सुरक्षित छैनन् भने उनीहरू उजुरी गर्न कहाँ जाने ?”
-बीबीसीबाट

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments