
चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली इटहरी आउने
- बैशाख २२, २०७९ मा प्रकाशित
इटहरीः आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न पार्टीका संघीय अध्यक्ष केपी शर्मा ओली इटहरी आउने भएका छन् ।
ओली वैखाख २४ गते इटहरी आउने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय सदस्य तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । गौतमका अनुसार अध्यक्ष ओलीले २४ गते बिहान १०ः३० बजे इटहरीको विराटनगरलाइनस्थित साथी पेट्रोल पम्प छेउको खाली जग्गामा आयोजना हुने पार्टीको विशाल जनसभालाई सम्बोधन गर्नेछन् । आफ्नो पार्टीलाई नगरका मतदाताले अत्याधिक बहुमतले विजयी गराउने वाचा गरेको बताउँदै गौतमले अध्यक्ष ओलीको उपस्थितिले चुनावी माहौललाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
इटहरीको सभालाई सम्बोधन गरी ओली धरान प्रस्थान गर्ने तथा त्यसपछि क्रमश विराट चौक र दमकमा हुने सभामा सम्बोधनका लागि सहभागी हुने कार्यतालिका रहेको नेकपा एमाले इटहरीले जनाएको छ । सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार रहेका यामकुमार सुब्बा, प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments