
इटहरी २० मा गठबन्धनका उम्मेदवार श्रेष्ठ घरदैलोमा व्यस्त
- बैशाख २१, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २० मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले प्रचारप्रसार तिव्र पारेको छ । गठबन्धनका तर्फबाट मणिराम श्रेष्ठ वडाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले तर्फका प्रतिद्वन्द्वी उम्मेदवार रुद्र बस्नेतले पनि सहयोग गरिरहेका छन् । बस्नेत एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाले उनी पनि गठबन्धनलाई जिताउन अग्रसर भएका हुन् । उनले मेयरमा रुख, उपमेयरमा कलम र इटहरी २० मा अरु उम्मेदवारलाई रुखमै मत मागिरहेका छन् । उनको प्यानलमा सबै नेपाली कांग्रेसकै उम्मेदवार छन् ।
जसअन्र्तगत खुल्ला महिला सदस्यमा धर्मा गिरी, दलित महिला सदस्यमा कुमारी बिक, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) र खुल्ला सदस्यमा बहादुर तामाङ चुनावी मैदानमा छन् । अहिले उनीहरू घरदैलो अभियानमा होमिएका छन् । कांग्रेसका वडा सभापति अर्जुन बस्नेतले आफूहरूले चुनाव जित्ने दाबी गरे । ‘अहिले हामी घरदैलोमा छौँ, चुनाव जित्ने निश्चित छ,’ उनले भने, ‘यसअघि निर्वाचनमा उठेका माओबादी केन्द्र, नेकपा एमालेबाट फुटेका नेताहरू पनि एकै भएका कारण सहजै चुनाव जितिन्छ भन्ने विश्वास छ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments