काठमाडाैंसहित पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना
- बैशाख २१, २०७९ मा प्रकाशित
काठमाडाैं: बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेकाे छ । गयराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments