मुस्कानसहितको सेवा दिने इटहरी १ का कांग्रेसी उम्मेदवार कार्कीको वाचा
- बैशाख २०, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रतन कार्की (कैलाश) ले आफू सबै जनताको मनमा बसेकाले चुनाव जित्ने दाबी गरेका छन् ।
०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरी १ मा वडासदस्यमा निर्वाचित भएका कार्कीले यसअघि कार्यबाहक वडाध्यक्ष समेत चलाइसकेका छन् । अनुभवले निखारिएका कार्कीले यस क्षेत्रमा भएका जनताका समस्या प्रत्यक्ष नियालेको बताउँछन् ।
कतिपय उम्मेदवारहरूले भने आफूले चुनाव जितेको अवस्थामा सडक बनाउने, जनताका समस्या समाधान गर्ने, भौतिक विकास गर्ने एजेन्डा उठाउँछन् । तर, यसभन्दा भिन्न रहेर कार्कीले सेवा प्रवाह गर्ने बताउँछन् ।
उनले वडाबाट हुने सेवासुविधामा छिटो, चुस्त, दुरुस्त र मुस्कानसहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments