
धरानमा चार दलीय गठबन्धनमा फर्किन जसपा सहमत
- बैशाख २०, २०७९ मा प्रकाशित
इटहरीः स्थानीय तह निर्वाचनका लागि धरानमा चार दलीय गठबन्धन पुनः एकजुट भएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी अव धरानमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच गठबन्धन गरेर अघि बढ्ने निर्णय भएको घोषणा गरेको छ ।
यसअघि पनि गठबन्धन गर्ने सहमतिमा पुगेको जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर एक्लै चुनावमा जाने निर्णयसहित मेयर र उपमेयरसहित धरानका केही वडाहरूमा वडाध्यक्षको उम्मेदवारी दिएको थियो । तर लगातारको छलफल र संवादपछि जसपा पुनः गठबन्धनमा सामोल भएको हो ।
पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा आसन्न वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा सत्ता घटक ५ दलले प्रतिगमन र सर्वसत्तावादको विरुद्ध, संविधानको रक्षा, सुशासन, समृद्धि र राजनैतिक स्थायित्वका निमित्त लोकतान्त्रिक बाम गठबन्धन निर्माण गरी देशव्यापी रूपमा निर्वाचनमा होमिएकोले धरानमा पनि गठबन्धन गरिएको उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments