
के हाे अक्षय तृतीया ? बलियाे याेग
- बैशाख २०, २०७९ मा प्रकाशित
वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेकाे छ ।
अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हाे । चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।
भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यकाे अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । लामाे समयपछि मंगल राेहिणी याेगमा अक्षय तृतीया पर्व परेकाे संयाेग जुरेकाे हाे ।
मंगलबार राेहिणी नक्षत्र एकसाथ परेमा कार्य सिद्धि याेगकाे निर्माण हुने हुँदा हरेक प्रकारका कार्य गर्दा शुभ फल प्राप्त हुने शास्त्रीय वचन रहिआएको छ । मंगल राेहिणी याेगमा प्रमुख पाँच ग्रह शक्तिशाली अवस्थामा रहेकाले विशेष शुभ मानिएकाे छ ।
शनि ग्रह कुम्भ राशिमा,बृहस्पति मीन राशिमा, चन्द्रमा उच्च बृष राशिमा, शुक्रग्रह उच्च मीन राशिमा र वैशाख महिना भएकाले सूर्य पनि उच्च र पूर्ण बलियो डिग्रीमा रहेकाले राज्य पूर्णरुपमा बलियो अवस्था रहने याेग निर्माण छ ।
सामान्य दाेष यस्ता शुभ याेग परेकाे समयमा स्वझ: परिहार हुने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्ष राजाका रुपमा शनि र मन्त्रीका रुपमा बृहस्पति ग्रह भएकोले पनि विशेष महत्वका साथ हेरिरहेको छ । यस्ताे समयमा राज्यले गर्न लागेका हरेक कार्य सफल भई शुभ फलमा वृद्धि हुने शास्त्रमा उल्लेख छ ।
शनि तथा मंगल ग्रहकाे युक्तिसँगत भएकाले सवारी तथा हवाई दुर्घटना र आगलागीका घटनामा वृद्धि हुने हुँदा सरकार चनाखो भएर बस्नुपर्ने छ । आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दाेष नाश हुनुका साथै पितृ दाेष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ ।
-सुरेशचन्द्र रिजाल

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments