
घोषणापत्र अक्षरसः कार्यान्वयन गर्ने इटहरी २ का वडाध्यक्ष उम्मेदवार कोइरालाको दृढता
- बैशाख १९, २०७९ मा प्रकाशित
इटहरी: इटहरी उपमहानगरपालिका वडा नं. २ मा एमाले तर्फबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका माधव कोइरालाले घोषणापत्रको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडावासीको अनुरोधमा आफूले उम्मेदवारी दिएको हुँदा नागरिकको हितमा काम गर्ने उनको भनाइ छ । आफू मदन भण्डारीबाट प्रभावित भएर राजनीतिमा लागेको जिकिर गर्दै उनले २०३६ सालमा नेकपा एमालेको समन्वय कमिटि गठन भएदेखि आफूले आफ्नो घरमा विभिन्न राजनीतिक कार्यकर्तालाई आश्रय दिएको बताउँदै उनले सोही क्रममा मदन भण्डारीले समेत आफ्नो घरमा आश्रय लिएकोमा उनकै सङ्गतको प्रभावबाट आफू राजनीतिमा लागेको कोइरालाको भनाइ छ ।
कोइरालाले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर राजनितिक अभियानमा लाग्ने क्रममा आफू ११ दिन हिरासतमा समेत बसेको बताए । उनले नेकपा एमालेसंग आवद्ध हुँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूको विभिन्न पदमा रहेर काम गरे ।
उनी तालतलैया संरक्षण समितिको सचिव रहेर काम समेत गरे । आफ्नो राजनीतिक प्रतिबद्धताबाट प्रभावित भएर नै पार्टीले आफूलाई उम्मेदवार बनाएको उनको कथन छ ।
उनले शिक्षा, स्वास्थ्य जीविको पार्जनको लागि रोजगारको व्यवस्थाको लागि सधै लागिरहने बताए । विज्ञ समूहहरुसँग छलफल गरेर शिक्षामा सुधार ल्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments