
इटहरीमा गठबन्धनले ल्यायो २५ बुँदे संकल्पपत्र, स्मार्ट पार्किङदेखि निःशुल्क नक्सा पाससम्म समाहित
- बैशाख १८, २०७९ मा प्रकाशित
इटहरीः स्थानीय तह निर्वाचनमा सुनसरीको इटहरी उपमहानगरपालिकामा चुनावी दौडमा उत्रिएको नेपाली कांग्रेस नेतृत्वको चुनावी गठबन्धनले २५ बुँदे संकल्पपत्र सार्वजनिक गरेको छ ।
इटहरी ५ स्थित लायन्स भवनमा आयोजित समारोहका बीच गठबन्धनले सार्वजनिक गरेको संकल्पपत्र मुलतः सुशासन र पारदर्शितामा केन्द्रीत रहेको नेपाली कांग्रेस इटहरीका सचिव मन्दीप भट्टराईले जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, शहरको सौन्दर्य प्रवद्र्धन, कृषि आधुनिकीकरण, साहित्य र संस्कृतिको संरक्षण तथा फोहोर व्यवस्थापनको मुद्दा पनि संकल्पपत्रमा समेटिएको छ ।
नगरका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै स्मार्ट पार्किङको व्यवस्था मिलाउने तथा एक हजार वर्ग फिटसम्मको घर नक्सा निःशुल्क पास गर्ने व्यवस्था गर्ने पनि संकल्पपत्रमा उल्लेख भएको भट्टराईले उल्लेख गरे । करको दायरा बढाउँदै दर घटाएर नागरिकलाई सहुलियत हुनेगरी प्रगतिशील राजश्व नीति अख्तियार गर्ने गठबन्धनको संकल्प रहेको छ । संयुक्त गठबन्धनका तर्फबाट उपमहानगरको मेयरमा कांग्रेस नगर सभापति हेमकर्ण पौडेल तथा उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट चुनावी मैदानमा उत्रिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments