
इटहरीलाई डुबानमुक्त बनाउने कांग्रेसका मेयर उम्मेदवार पौडेलको वाचा
- बैशाख १८, २०७९ मा प्रकाशित
इटहरीः संयुक्त गठबन्धनका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि चुनावी दौडमा रहेका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले आफू विजयी भए नगरलाई डुबानमुक्त बनाउने वाचा गरेका छन् ।
हरेक वर्ष डुबानको कारण ठुलो धनजनको क्षति हुने गरेको भन्दै उनले डुबानको त्रासबाट मुक्ति दिलाउने बताएका हुन् । नगरमा डुबानको समस्या हल गर्न आफूले सेराखोला, बुढिखोला र टेँग्राखोलाको उचित व्यवस्थापन गर्ने पौडेलको भनाइ छ । अन्य दलहरुले झुठो आश्वासन मात्र बाँडेर जनताको समस्यामाथि राजनीति गरिरहेको बताउँदै उनले वास्तविक परिणाममुखी काम आफू निर्वाचित भएको दिनदेखि सुरु हुने उल्लेख गरे ।
गैरी गाउँका जनतालाई तटबन्धको आस देखाएर भोट माग्नेहरू अहिले बेखबर भएको बताउँदै उनले आफू निर्वाचित भएको पहिलो दिन देखी दीर्घकालीन समस्या समाधानमा लाग्ने उद्घोष गरे । चुनावी नारामा मात्र सीमित नबनाई आफूले जनताले अनुभुत गर्नेगरी डुबानको समस्या निराकरण गर्ने उनले बताए । साथै उनले आफू निर्वाचित भए राजनीतिक आस्थाका आधारमा पूर्वाग्रह नराखी सबैको साझा जनप्रतिनिधिका रुपमा काम गर्नेसमेत प्रष्ट पारे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments