•  ६ जेष्ठ २०८१, आईतवार
  •  6:34:18 AM

इटहरीमा गठबन्धनबाट बाहिरियो जसपा, मेयरमा उठे डिल्ली सुब्बा, उपमेयरमा योशा गुरागाईँ

- बैशाख १७, २०७९ मा प्रकाशित


इटहरीः नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय चुनावी गठबन्धन इटहरीमा भत्किएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमोर्चामध्ये इटहरीमा जनमोर्चा नरहँदा चार दलीय गठबन्धन रहेकोमा जसपा बाहिरिएपछि गठबन्धन तीन दलमा सीमित भएको छ । सहमतिको प्रयास असफल भएको भन्दै गठबन्धनबाट बाहिरिएको जसपाले सबै पदमा एक्लै उम्मेदवारी दर्ता गराई चुनावी अभियानमा होमिएको जसपा इटहरीकी सचिव एवं सो पार्टीकी उपमेयर उम्मेदवार योशा गुरागाईँले जानकारी दिइन् ।

उनका अनुसार नेकपा एकीकृत समाजवादीले विवाद खडा गरेकाले गठबन्धन हुन नसकेको हो । उपमेयरमा गुरागाईँलाई उठाएको जसपाले मेयरमा पार्टीका इटहरी नगर अध्यक्ष डिल्ली सुब्बालाई उठाएको छ ।

Comments