•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:52:52 PM

साकेला अध्यक्षमा चार जनाको उम्मेदवारी

- बैशाख १३, २०७९ मा प्रकाशित


खोटाङ: खोटाङको साकेला गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्काको उम्मेदवारी दर्ता भएको छ । 

    यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा कवि राई र जसपाबाट जयकुमार राईको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
माओवादी केन्द्रकातर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष चुनिएका अर्जुनकुमार दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

    कांग्रेसका अध्यक्षका उम्मेदवार राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार हुन् । उनी हाल संघीय महाधिवेशन प्रतिनिधि छन् । साकेला गाउँपालिकामा पाँच वडा छन् । -न्युज कारखाना

Comments