•  ५ जेष्ठ २०८१, शनिबार
  •  4:19:23 PM

गठबन्धन लत्याएर माओवादीले इटहरीमा दियो सबै वडामा उम्मेदवारी

- बैशाख १३, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

आफ्नो पार्टीलाई गठबन्धनले उपेक्षा गर्दै भूमिकाविहीन बनाउन खोजेको भन्दै पार्टीले नगर प्रमुख तथा उपप्रमुखसहित सबै वडामा वडाध्यक्षका उम्मेदवार उठाएको छ । पार्टीले उपमहानगरको मेयर पदमा भानु मैनाली र उपमेयर पदमा शुशीला उप्रेतीलाई उम्मेदवार बनाएको पार्टीका तर्फबाट २० नम्बर वडाको भावी वडाध्यक्षका रुपमा उम्मेदवारी दिएका नवराज मैनालीले बताए ।

नेपाली कांग्रेसले आफूहरुलाई उपेक्षा गर्दै वार्तामा बस्न इन्कार गरेकाले आफूहरुले सबै वडामा उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ । गठबन्धनका तर्फबाट इटहरीको मेयरमा नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा गठबन्धनले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्टलाई अघि सारेको छ ।

Comments