•  ५ जेष्ठ २०८१, शनिबार
  •  4:54:30 PM

मनोनयनकर्ताको नामावली रुजु जारी

- बैशाख १३, २०७९ मा प्रकाशित


काठमाडौं: स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ । 

निर्वाचन कार्यतालिका अनुसार त मनोनयन दर्ता सकिएकै दिन रुजु गरिसकेर मनोनयन दर्ता गर्नेहरूको नामावली पनि सार्वजनिक हुनुपर्ने हो । 

तर, अझैसम्म मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु भइसकेको छैन । आयोगले अझै समय लाग्ने जनाएको छ । मनोनयन दर्ता भने आइतबार र सोमबार भएको थियो ।  

आयोगले मनोनयन दर्ता सकिएकै दिन नामावली सार्वजनिक गर्न भनेर यस पटक दुई दिन समय लिएको दाबी गरेको थियो । जबकि अघिल्ला निर्वाचनहरूमा मनोनयन दर्ताको समय एक दिन तोकिने गरिएको थियो ।

पछिल्लो विवरणअनुसार एक लाख ३६ हजार २६९ जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ । -न्युज कारखाना

Comments