•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:34:56 PM

कांग्रेस-माओवादी र जसपा-एकीकृत समाजवादीको अलग गठबन्धन

- बैशाख १३, २०७९ मा प्रकाशित


खोटाङ: खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार-चार जनाले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ । 

राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । सो गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको छ । 
रावाबेँसीमा जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति छ ।

 १६ वैशाखभित्र छलफल गरेर जसपाबाट उपाध्यक्षकी उम्मेदवार बनेकी नेपाललाई मनाेनयन फिर्ता गराउन लगाएर नेकपा एकीकृत समाजवादीका राईलाई उपाध्यक्ष छाड्ने तयारी छ । -न्युज कारखाना

Comments