•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:52:59 PM

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान ६ः४५ बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ वर्षीय गणेश थापाको सोही स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो ।

मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटी गई आवश्यक कानुनी प्रकृया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments