•  ५ जेष्ठ २०८१, शनिबार
  •  6:13:34 PM

भन्सार छली आयात गरिएका अवैध सामान बरामद

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः मोरङका विभिन्न स्थानहरुबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न किसिमका अवैध सामानहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments