•  ५ जेष्ठ २०८१, शनिबार
  •  6:49:19 PM

रामधुनीको मेयरमा कांग्रेसबाट अधिकारी उठ्ने

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको रामधुनी नगरपालिकामा पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका रामधुनी नगर सभापति सुदीप अधिकारीलाई मेयरको टिकट दिएको छ । मेयरका थुप्रै आकांक्षीहरुलाई पछि पार्दै उनले टिकट पाएका हुन् ।

वर्तमान मेयर जयप्रकाश चौधरीसहित झण्डै एक दर्जन आकांक्षी टिकट पाउने आशमा रहेका थिए । युवा नेता अधिकारी युवाका माझ निकै लोकप्रिय मानिन्छन् ।

अधिकारी लगातार दोस्रो कार्यकालका लागि नगर सभापतिको पदमा चुनिएका व्यक्ति हुन् । अधिकारीले आजै निर्वाचन अधिकृतको कार्यलय रामधुनीमा मनोनयन दर्ता गराउने बताएका छन् ।

Comments