•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:16:22 PM

गठबन्धनका तर्फबाट इटहरीको मेयरमा आए हेमकर्ण पौडेल

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः पाँच दलीय गठबन्धनका तर्फबाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलको उम्मेदवारी पर्ने भएको छ ।

विराटनगरमा आज बसेको गठबन्धनको बैठकले पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव बिष्टलाई उठाउने निर्णय गरेको गठबन्धनले मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई स्थान दिएको हो । पौडेल २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा सर्वध्वज साँवासँग पाँच हजार मतले पराजित भएका थिए । हाल इटहरीमा कुल एक लाख चार हजार ६ सय ६ मतदाता रहेका छन् ।

Comments