•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:16:03 PM

गठबन्धनले नागेश कोइरालालाई बनायो विराटनगरमा मेयरको उम्मेदवार

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरमा उठाउने भएको छ ।

संसदीय समितिको बैठकले मोरंग कांग्रेसका उपसभापति कोइरालालाई उमेद्वार बनाउने तय गरेको हो । नागेश डा.शेखर कोइराला पक्षीय नेता मानिन्छन् । भीम अर्याल र भीम पराजुलीलाई पछि पार्दै पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा कोइरालाले टिकट पाएका हुन् ।

अर्याल देउवा पक्ष मानिन्छन् भने, हालका मेयर समेत रहेका पराजुली कृष्णप्रसाद सिटौलानिकट मानिन्छन् । गठबन्धनबाट विराटनगरको उपमेयर भने जसपाले पाएको छ । जसपाले उम्मेदवार भने टुंगो लगाएको छैन ।

Comments