•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:42:26 AM

एमालेले टुङ्ग्यायो इटहरीका सबै वडाध्यक्षको उमेद्वारी

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः नेकपा एमालेले सुनसरीको इटहरी उपमहानगरपालिकाका सबै २० वडाहरुमा आफ्ना तर्फबाट वडाध्यक्षका उमेद्वारहरुको टुङ्गो लगाएको छ ।

वडा नम्वर १ मा विजय राईलाई उठाउने निर्णय गरेको पार्टीले वडा नम्वर २ मा माधव कोइरालालाई उमेद्वार बनाएको छ । पार्टीले वडा नम्वर ३ को उमेद्वारका रुपमा उमेश सुवेदीलाई उठाएको छ भने वडा नम्वर ४ मा भक्त लामालाई मैदानमा उतारेको छ । वडा नम्वर ५ मा भिष्म घिमिरेलाई उमेद्वार बनाएको पार्टीले वडा नम्वर ६ मा उमेश पौडेलको नाम अनुमोदन गरेको छ । वडा नम्वर ७ मा देवनारायण चौधरीलाई स्थान दिएको छ भने वडा नम्वर ८ मा अरुण चौधरी आउने पक्का भएको छ ।

यसैगरी, वडा नम्वर ९ मा जितेन्द्र थापाले उमेद्वारी दिएका छन् भने वडा नम्वर १० मा अवधेश चौधरी उठ्ने भएका छन् । यता, वडा नम्वर ११ को उमेद्वार केशवप्रसाद कोइरालालाई बनाइएको छ भने वडा नम्वर १२ मा भूवनराज पोख्रेललाई उतारिएको छ । वडा नम्वर १३ शिवनारायण चौधरी प्रतिस्पर्धामा उत्रने भएका छन् भने वडा नम्वर १४ मा दुखीलाल चौधरी आउने निश्चित भएको छ । वडा नम्वर १५ मा जयनारायण चौधरी आउने भएका छन् भने वडा नम्वर १६ मा तेजनारायण चौधरीले उठ्ने मौका पाएका छन् ।

यसैगरी, वडा नम्वर १७ प्रभात आचार्य र वडा नम्वर १८ मा रामकुमार चौधरीको उमेद्वारी निश्चित भएको छ । वडा नम्वर १९ मा श्री नारायण चौधरीलाई उठाएको एमालेले वडा नम्वर २० मा राजकुमार राईलाई मौका दिएको अनेरास्ववियु केन्द्रीय सदस्य जीबी गजलले जानकारी दिए ।

Comments