•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:50:22 AM

धरानकी उपमेयर मञ्जु भण्डारीद्वारा राजीनामा

- बैशाख ११, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले पदबाट राजीनामा गरेकी छन् ।

वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरमा प्रतिस्पर्धा गर्ने टिकट पाएकी भण्डारीले उपमेयर पदबाट राजीनामा गरेकी हुन् । भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयर निर्वाचित भएकी थिइन् । मेयर तारा सुब्बाको निधनपछि २०७५ साउनदेखि २०७६ मंसिरसम्म उनले कार्यबाहक मेयरका रुपमा कार्यसम्पादन गरेकी थिइन् । भण्डारी धरान १५ आडालाइनकी स्थायी बासिन्दा हुन् । उनको जन्म २०३९ साउन २ गते इटहरी ८ मा भएको थियो ।

२०५३ सालमा इटहरी जनता माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा उनी सदस्य भइन् । उनी दुई कार्यकाल अनेरास्ववियूको केन्द्रीय सदस्य भइन् । २०६२÷६३ को जनआन्दोलनमा लडाकु युवा नेताको छवि बनाएकी थिइन् भण्डारीले । २०६१ देखि २०६३ सम्म उनी पटकपटक थुनामा परिन् । २०६४ बाट उनले धरान केन्द्रित राजनीति गरिरहेकी छिन् । दशौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य तथा सुनसरी जिल्लाको सहइन्चार्ज भएकी छिन् ।

Comments